मेक्सिकोसँगको सिमामा तोकिएको समय भन्दा पहिले नै पर्खाल निर्माण गरीने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइ, आइएसलाई नष्ट गर्ने तयारी भइरहेको उल्लेख | ईमाउण्टेन समाचार

Our Network

साउन २३ २०८३, आइतबार

मेक्सिकोसँगको सिमामा तोकिएको समय भन्दा पहिले नै पर्खाल निर्माण गरीने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइ, आइएसलाई नष्ट गर्ने तयारी भइरहेको उल्लेख

१४ फाल्गुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमामा बनाउने भनिएको पर्खालको निर्माण तोकिएको समय भन्दा पहिले नै सुरु हुने बताउनुभएको छ ।

मेक्सिकोसँगको सिमामा तोकिएको समय भन्दा पहिले नै पर्खाल निर्माण गरीने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइ

१४ फाल्गुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमामा बनाउने भनिएको पर्खालको निर्माण तोकिएको समय भन्दा पहिले नै सुरु हुने बताउनुभएको छ ।

कन्जरभेटिभ पार्टीको सम्मेलनमा राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सीमामा पार गर्न नसकिने पर्खालको निर्माण चाँडै नै सुरु हुने बताउनुभएको हो । मेरिल्याण्डमा भएको कन्जरभेटिभ पोलिटिकल एक्सन कांग्रेस (सिपिएसी) लाई सम्बोधन गर्दै ट्रम्पले आफूले जहिले पनि अमेरिकी नागरिकलाई पहिलो प्राथमिकतामा राख्ने बताउनुभयो । उहाँले इस्लामिक स्टेट आइएसलाई पूर्ण रुपमा नष्ट गर्ने गरी तयारी गरेको समेत बताउनुभयो ।

अमेरिकी विदेश मन्त्री रेक्स टिल्लर्सन र होमल्याण्ड सुरक्षा मन्त्री जोन केलीले आफ्ना मेक्सिकन समकक्षीसँग भेट गरेको एक दिनपछि ट्रम्पको यस्तो भनाई आएको हो । तर टिल्लर्सन र केलीले आफ्ना समकक्षीसँगको भेटमा सीमामा बनाउने भनिएको पर्खालका विषयमा कुरा नगरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

सीमामा बनाउने भनिएको पर्खाल निर्माणका लागि २१ अर्ब ५० करोड अमेरिकी डलर भन्दा धेरै लाग्ने होमल्याण्ड सुरक्षा मन्त्रालयको आन्तरिक प्रतिवेदनलाई उल्लेख गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

Leave a Reply

ताजा समाचार