पराजित भएपनि सत्ता नछाड्ने ट्रम्पको टिप्पणीप्रति जो बाइडेनको आपत्ति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

पराजित भएपनि सत्ता नछाड्ने ट्रम्पको टिप्पणीप्रति जो बाइडेनको आपत्ति

joe biden and trump

एजेन्सी, ९ असोज । चुनावमा पराजित भएपनि सत्ताबाट शान्तिपूर्ण बहिर्गमन नहुने राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणीप्रति डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले आपत्ति जनाउनुभएको छ ।

चुनाव हार्ने निश्चित देखेर ट्रम्पबाट उक्त अभिव्यक्ति आएको भन्दै वाइडेनले आपत्ती जनाएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । वाइडेनले अमेरिकी सरकार चुनावी मतपरिणामलाई कार्यान्वयन गर्न सक्षम रहेको बताउँदै ट्रम्प पराजित भए सजिलै ह्वाइट हाउसबाट हटाउने स्पष्ट गर्नुभएको छ ।

यसअघि सन् २०१६ मा भएको राष्ट्रपति निर्वाचनका बेला पनि ट्रम्पले यस्तै विवादास्पद अभिव्यक्ति दिनुभएको थियो ।कोरोनाको महामारीका कारण हुलाकमार्फत मतदान गर्ने तयारी भइरहेका बेला दोस्रो कार्यकालका लागि चुनावी मैदानमा रहनुभएका ट्रम्पले मत परिणाम आफ्नो प्रतिकूल आए सर्वोेच्च अदालत पुग्ने चेतावनी दिनुभएको छ ।

निर्वाचनअघि धाँधली हुने भन्दै ट्रम्पले मतपरीणाम अस्वीकार गर्ने बताउनुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);