भारतमा कृषि विधेयकको विरोधमा उत्रिएका किसानद्वारा देशव्यापी चक्काजाम | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

भारतमा कृषि विधेयकको विरोधमा उत्रिएका किसानद्वारा देशव्यापी चक्काजाम

एजेन्सी, ९ असोज । भारतमा सरकारले ल्याएको कृषि विधेयकको विरोधमा उत्रिएका किसानले शुक्रबार देशव्यापी चक्काजाम गरेका छन् । भारतका किसानहरुले सरकारले ल्याएको विधेयकले कृषि क्षेत्रलाई कर्पोरेटको हातमा दिएको भन्दै विरोध जारी राख्ने कार्यक्रम अन्तर्गत शुक्रबार देशव्यापी चक्काजामको आव्हान गरेका हुन् ।

भारतका दुवै सदनबाट पारित भइसकेको कृषि विधेयकलाई सत्ता पक्षले किसानको हितैषी भन्दै यसबाट किसानहरुको आय बढ्ने दावी गरेको छ । तर, किसानहरुले भने विधेयक आफूहरुको पक्षमा नरहेको भन्दै आन्दोलित भएका हुन् ।

भारतीय किसानहरुको आन्दोलनको प्रभाव सबैभन्दा धेरै पन्जाब र हरियाणामा परेको छ । पन्जाबमा रेल रोक्ने अभियान चलाइएको छ । भारतीय किसान आन्दोलन समन्वय समितिको अगुवाईमा किसानहरु आन्दोलनमा उत्रिएका हुन् ।

यो समितिमा किसानहरुका विभिन्न १२ संगठन सहभागी भएका छन् । यी संगठनहरु कुनै पनि राजनीतिक दलसँग सम्बन्धित नरहेको बताइन्छ ।

उत्तर प्रदेश, मध्य प्रदेश, कर्नाटक, तमिलनाडु, पन्जाब र हरियाणामा किसान संगठनको प्रभाव धेरै छ । किसानहरुको यो आन्दोलनमा राजनीतिक दलले समेत साथ दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);