भारतको केन्द्र सरकारले ल्याएको कृषि कानूनको विरोधमा किसानकाे थप आन्दोलन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भारतको केन्द्र सरकारले ल्याएको कृषि कानूनको विरोधमा किसानकाे थप आन्दोलन

एजेन्सी, ३० मंसिर । भारतमा केन्द्र सरकारले ल्याएका कृषि सम्बन्धी तीन नयाँ कानूनको विरोधमा आन्दोलन चर्काएका किसानहरुले राजमार्ग बन्द गरेका छन् । आन्दोलनको १८ दिन पुगिसक्दा सरकारले समस्या समाधानमा कुनै पहल नथालेको भन्दै भन्दै किसानहरुले राजमार्ग अवरुद्ध गरेर प्रदर्शन थालेका हुन् ।

पञ्जाब, हरियाण, राजस्थान, महाराष्ट्र, गुजरातसहितका राज्यका किसान आन्दोलित भएका छन् । आन्दोलित किसानले राजमार्गमा बसेर प्रदर्शन गर्दै दिल्ली–जयपर राजमार्ग बन्द गरेका छन् । त्यस्तै हरियाणाबाट दिल्ली आउने सबै सडकमा किसानले प्रदर्शन तथा धर्ना गरेका छन् ।

सो प्रदर्शनको नेतृत्व किसान युनियनको संयुक्त मोर्चासँग जोडिएको नर्मदा बचाउ आन्दोलनकी मेधा पातकर, स्वराज इन्डियाका योगेन्द्र यादवसहितका व्यक्तिले गरेका छन् । सरकारले ल्याएका तीन कृषि कानून किसान विरोधी र व्यवसायिक घरानालाई पोस्ने खालको रहेको आन्दोलित किसानको आरोप छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);