इलेक्टोरल कलेजद्वारा जो बाइडेनको जित भएको औपचारिक घोषणा | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

इलेक्टोरल कलेजद्वारा जो बाइडेनको जित भएको औपचारिक घोषणा

एजेन्सी, ३० मंसिर । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले जितका लागि आवश्यक पर्ने सबै औपचारिकता पुरा गर्नुभएको छ । मंगलबार राति देशभरका इलेक्टोरल कलेजका सदस्यहरुको समर्थन पाएलगत्तै बाइडनले राष्ट्रपति पदको सम्पूर्ण औपचारिकता पुरा गर्नुभएको हो ।

योसँगै अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हाल्न अब बाइडेनलाई सबै ढोका खुलेको छ । जितले औपचारिकताको आधिकारिकता पाएसँगै आगामी २० जनवरीबाट विश्वकै शक्तिशाली पद सम्हाल्न जो बाइडेन र उपराष्ट्रपतिमा कमला ह्यारिसलाई बाटो खुलेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

गत नोभेम्बर ३ मा सम्पन्न निर्वाचनमा डेमोक्रयाट उम्मेदवार पूर्व उपराष्ट्रपति बाइडेनले ३ सय ६ र रिपब्लिकन प्रतिष्पर्धी एवं वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले २ सय ३२ इलेक्टोरल कलेज मत पाउनुभएको थियो । यद्यपी राष्ट्रपति ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाउँदै हार स्वीकार गरिसक्नुभएको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);