ट्विटर किलर नामले चिनिने ताकाहिरो शिराइसीलाई मृत्युदण्डको सजाय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

ट्विटर किलर नामले चिनिने ताकाहिरो शिराइसीलाई मृत्युदण्डको सजाय

एजेन्सी , ३० मंसिर । जापानको एक अदालतले ‘ट्विटर किलर’ को नामले चिनिने ताकाहिरो शिराइसीलाई मृत्युदण्डको सजाय सुनाएको छ । ट्विटरबाट सम्पर्क गरी ९ जनाको हत्या गरेको आरोपमा सन् २०१७ मा पक्राउ परेका ३० वर्षीय शिराइसोलाई मंगलबार टोक्यो जिल्ला अदालतको ताचिकावा इजलासले मृत्युदण्डको सजाय सुनाएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

न्यायाधीश नोकुनी यानाले ९ जनाको हत्यामा शिराइसी नै दोषी देखिएको फैसला सुनाउनु भएको हो । शिराइसीको फ्ल्याटमा ९ जनाको शवको टुक्रा भेटिएपछि पक्राउ परेका थिए । हत्या हुनेमा ८ जना महिला र एक जना पुरुष रहेका थिए ।

शिराइसीमाथि सन् २०१७ को अगस्टदेखि अक्टोबरसम्म १५ देखि २६ वर्षका ९ जनाको घाँटी रेटेर हत्या गरेको र ८ जना महिलाको यौन उत्पीडन गरेको आरोप लागेको थियो ।

शिराइसीले गत अक्टोबरमा आफूमाथि लागेको ‘सबै आरोप सही’ भएको स्वीकार गरेका थिए । उनको तर्फबाट वकालत गरेका वकिलले अदालतसमक्ष सजाय कमगर्न अनुरोध गरेका थिए । तर अदालतले भने उक्त अनरोध खारेज गर्दै ९ जनाको हत्यामा शिराइसीलाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको हो ।

यसअघि शिराइसीले आफूलाई मृत्युदण्डको सजाय सुनाइए पुनरावेदनमा नजाने बताइसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);