१६ जना टर्कीस महिलालाई मृत्युदण्ड | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

१६ जना टर्कीस महिलालाई मृत्युदण्ड

एजेन्सी, १४ फागुन । आतंकवादी संगठनमा आबद्ध भएको आरोपमा इराकमा १६ जना टर्कीस महिलालाई मृत्युदण्डको सजाय सुनाइएको छ । यही महिनाको सुरुमा पनि टर्कीकै एक महिलालाई मृत्युदण्ड दिइएको थियो भने १० जनालाई आजीवन कारावासको सजाय सुनाइएको थियो । आतंकवादीसँग साँठगाँठ गरेको आरोपमा इराकमा कम्तीमा ५ सय ६० जना महिला र ६ सय बालबालिका पक्राउ गरिएको बताइएको छ ।

इराकको फौजदारी अदालतले इस्लामिक स्टेट (आइएस)लाई सघाएको आरोपमा १६ जनाालाई मृत्युदण्डको सजाय सुनाएको हो । त्यहाँको अदालतले आइतबार नै यस्तो फैसला गरेपनि विवरणहरु सोमबार सार्वजनिक गरिएको हो । २० देखि ५० वर्ष उमेर समूहका ती महिलाहरू कालो पोशाकमा बग्दादस्थित फौजदारी अदालतमा उपस्थित भएका थिए ।

ती महिलामध्ये कतिपयले आइएस लडाकुसँग बिहे गरेको र केहीले आवश्यक सामग्री उपलब्ध गराएर लडाकुहरूलाई आक्रमणका लागि सघाएको स्वीकारेका फौजदारी अदालतका न्यायाधीशलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ । सजाय सुनाइएकामध्ये एक महिलाले आइएस लडाकुहरूसँग इराकी फौजविरूद्ध आफूले लडाइँ गरेको न्यायाधीशसमक्ष स्वीकारे गरेकी बताइएको छ ।

यही महिनाको पहिलो सातापनि टर्कीकी एक महिलालाई मृत्युदण्ड दिइएको थियो भने अन्य १० जनालाई आजीवन कारावासको सजाय सुनाइएको थियो । सन् २०१७ मा मोसुल शहरमा भएको लडाइँमा संलग्न भएको आरोपमा गत महिना एकजना जर्मन महिलालाई मृत्युदण्ड सुनाइएको थियो ।

समाचार संस्था एएफपीका अनुसार जिहादी भएको वा आइएस लडाकुका आफन्त भएको आशंकामा कम्तीमा ५ सय ६० जना महिला र ६ सय बालबालिका इराकमा पक्राउ परेका छन् । गत डिसेम्बरमा इराकी सरकारले आइएसविरूद्ध लडाइँको घोषणा गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);