लेखक अभिजित रोयको हत्यामा संलग्नमध्ये ५ जना दोषीलाई मृत्युदण्डको सजाय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

लेखक अभिजित रोयको हत्यामा संलग्नमध्ये ५ जना दोषीलाई मृत्युदण्डको सजाय

एजेन्सी, ५ फागुन । बंगलादेशको अदालतले एक लेखकको हत्यामा संलग्न ५ जनालाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ । ६ वर्षअघि चर्चित लेखक तथा ब्लगर अभिजित रोयको हत्यामा संलग्नमध्ये ५ जना दोषीलाई मृत्युदण्ड तथा एक दोषीलाई भने जन्मकैदको सजाय सुनाएको हो ।

सन् २०१५ मा बंगलादेशमा धर्मनिरपेक्ष तथा आफूलाई नास्तिक मान्ने थुप्रै लेखक तथा प्रकाशकहरुको हत्या भएको थियो । त्यसक्रममा सबैभन्दा पहिला अभिजित रोयको हत्या भएको थियो । अभिजित रोयले विज्ञान, नास्तिकता तथा धर्मको विषयमा थुप्रै किताब लेखका थिए ।

यसअघि केही दिन अघि मात्रै अभिजित रोयको किताबको प्रकाशक फैसल अरेफिन दिपनको हत्या प्रकरणमा आठ जनालाई मृत्युदण्डको सजाय सुनाइएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);