अमेरिकाको मध्य तथा दक्षिणी राज्यमा आएको हिमआँधी, २३ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

अमेरिकाको मध्य तथा दक्षिणी राज्यमा आएको हिमआँधी, २३ जनाको मृत्यु

एजेन्सी ५ फागुन । अमेरिकाका मध्य तथा दक्षिणी राज्यमा आएको हिमआँधीका कारण कम्तिमा २३ जनाको मृत्यु भएको छ ।

मंगलबार आएको हिमआँधीका कारण टेक्सास, लुसियाना, केन्टुकी र मिजौरीलगायत राज्यमा कम्तिमा २३ जनाको मृत्यु भएको हो ।

साथै हिमआँधीको असर नर्थ क्यारोलाइना, ओरेगन राज्यमा पनि परेको छ । टेक्सास राज्यका लाखौं मानिस बिजुलीबाट बञ्चित भएका छन् ।

तापक्रम माइनसमा झरेपछि सडकमा गाडी गुड्न सकेका छैनन् भने सुपरमार्केटहरूमा मानिसको भीड लाग्न थालेको छ । केही राज्यहरूमा मंगलबार विद्यालयहरू बन्द गरिएका छन् ।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार माइनस १८ डिग्रीसम्म तापक्रम पुगेको र हावाबाट बिजुली निकाल्ने टर्बाइनहरू जम्नुका साथै ग्यास–फायर पावर प्लान्टले पनि काम गर्न छोडेका छन् । हिमआँधीको असर छिमेकी मेक्सिकोमा पनि देखिएको छ ।

त्यहाँका विभिन्न राज्यहरूमा पनि बिद्युत सेवा अवरूद्ध भएको छ । यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रभावित राज्यहरूमा आपतकालीन सहयोग गर्न आफ्नो प्रशासन तयार रहेको बताएका छन् । उनले टेक्सासमा आपतकाल घोषणा गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);