अमेरिकामा भिषण आँधी, कम्तिमा १८ को मृत्यु, राष्ट्रिपतिले दिए उद्दारको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

अमेरिकामा भिषण आँधी, कम्तिमा १८ को मृत्यु, राष्ट्रिपतिले दिए उद्दारको निर्देशन

अमेरिकाको दक्षिणी क्षेत्रमा आँधीबेहरीका कारण कम्तिमा १८ जनाको मृत्यु, जर्जिया र मिसिसिपीमा आपतकालको घोषणा, समस्यामा परेकालाई तत्काल उद्दार गर्न राष्ट्रपति ट्रम्पको निर्देशन

चेल्सीलाई ८ अंकको अग्रता

काठमाण्डौ । अमेरिकाको दक्षिणी क्षेत्रमा खराब मौसम तथा आँधीबेहरीका कारण कम्तिमा १८ जनाको ज्यान गएको छ ।

जर्जिया र मिसिसिपी राज्यमा बढी क्षति भएको अमेरिकाको आपतकालिन विभागका अधिकारीले बताएका छन् ।

जर्जियामा १२ जनाको ज्यान गएको छ । खराब मौसमसँगै आएको आँधीबेहरीका कारण बढी प्रभावित भएको जर्जियाको दक्षिणी क्षेत्रका सात काउन्टीमा आपतकालिन अवस्था घोषणा गरिएको छ । यस्तै मिसिसिपीमा पनि चार र अन्य क्षेत्रमा दुईको ज्यान गएको छ ।

फ्लोरिडाको उत्तरी क्षेत्र तथा जर्जियाको दक्षिणी क्षेत्रमा अझै आँधीबेहरी आउन सक्ने मौसम विभागले जनाएको छ ।

आँधीले जर्जियाको दक्षिण मध्य क्षेत्रमा बढी प्रभाव परेको छ । त्यसक्षेत्रका धेरै घर भत्किएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाप्रति दुःख व्यक्त गर्दै राहत प्रदान गर्ने बताउनुभएको बिबिसीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);