दक्षिणी गाजामा इजरायलको लगातार गोलाबारी, ४५ जनाको मृत्यु, नासिर अस्पताल घाइतेले भरियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

दक्षिणी गाजामा इजरायलको लगातार गोलाबारी, ४५ जनाको मृत्यु, नासिर अस्पताल घाइतेले भरियो

एजेन्सी,२० मंसिर । इजरायली सेनाले दक्षिणी गाजामा आक्रमण तिब्र पारेको छ । इजरायली ट्याङ्कहरूले मङ्गलबार दक्षिणी गाजाको मुख्य सहर खान युनिसको पूर्वी क्षेत्रमा भारी गोलीबारी गरेको छ । नासिर, दक्षिणी गाजाको मुख्य अस्पताल घाइतेहरूले भरिएको छ, जसमध्ये कम्तिमा ४५ जनाको मृत्यु भएको छ । एक साता लामो युद्धविरामपछिको यो सबैभन्दा ठूलो हमला मानिएको छ ।

खान युनिसको पूर्वी क्षेत्रमा रहेको सिमानामा बारबार पार गर्दा पहिलो पटक इजरायली ट्याङ्कहरू उक्त क्षेत्रमा प्रवेश गरेको स्थानीय बासिन्दाले बताएका छन् । खान युनिसको बाहिरी भागमा रहेको बानी सुहैला सहरमा प्रवेश गर्नुका साथै अन्य क्षेत्रमा इजरायली सेनाहरू निरन्तर अगाडि बढिरहेका छन् । उनीहरु कतारको आर्थिक सहयोग रहेको आवास योजनामा हमाद सिटीमा क्याम्प बसेका छन् ।

इजरायली सेनाले एक हप्ता लामो युद्धविराम अघि उत्तरी गाजाको आधा भागलाई पूर्ण रूपमा घेरेपछि बाँकी एन्क्लेभमा आफ्नो भूमि अभियान विस्तार गर्दैछ । यसमार्फत हमास समर्थित शासनलाई हटाउने उद्देश्य पूरा हुने भएको छ । सरकारका प्रवक्ता आयलोन लेभीले पत्रकारहरूलाई भने हामी अब दोस्रो चरणमा जाँदैछौं । यसमा हाम्रो सेनालाई कठिनाइ हुन सक्छ। उनले भनेका छन्, ‘हामासलाई ध्वस्त पार्ने क्रममा नागरिकलाई कुनै हानि नहोस् भन्ने कुरा सुनिश्चित गर्न सकारात्मक प्रतिक्रिया र सल्लाहलाई हामी खुलेर स्वीकार गरिरहेका छौं। एम्बुलेन्स, कार, फ्ल्याटबेड ट्रक र गधा गाडामा ठूलो संख्यामा घाइतेहरू खान युनिसको मुख्य अस्पताल नासिर पुगेका थिए। उनले यसलाई ठूलो आक्रमण भनेका छन् ।

उनले भने, ‘विस्थापितका लागि आश्रयस्थल बनेका विद्यालयलाई पनि निशाना बनाइएको छ । नासिर अस्पताल घाइतेले भरिएको छ । थप घाइतेलाई भर्ना गर्ने ठाउँ छैन। परिवारका सदस्यको रुवावासीका बीच डाक्टरहरू एक बिरामीबाट अर्कोमा दौडिरहेका थिए । गोलाबारीमा घर भत्किँदा घाइते भएका दुई युवती रगतले लतपतिएको र धुलोले लतपतिएका थिए । रुँदै एक जनाले भने, ‘मेरा आमाबुवा भग्नावशेषमुनि दबिएका छन् । मलाई मेरी आमा चाहियो, मलाई मेरो परिवार चाहियो ।’

गाजाको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अश्रा अल–किद्राले गाजाको नासेर अस्पतालमा अहिलेसम्म ४३ जनाको शव पुगेको बताए । यसैबीच इजरायलले उत्तरी गाजाको जबलिया क्षेत्रमा रहेको हमासको जनरल सेक्युरिटी मुख्यालयमा पनि आक्रमण गरेको छ ।

अमेरिकाले सर्वसाधारणको मृत्युप्रति चिन्ता व्यक्त गर्दै संयमता अपनाउन आग्रह गरेको छ । अमेरिकाले गाजामा दोस्रो चरणको युद्धका क्रममा आफ्ना निकट सहयोगीका नागरिकको मृत्युप्रति चिन्ता व्यक्त गरेको छ । उनले इजरायललाई संयम अपनाउन र न्यूनतम ज्यान गुमाउने सुनिश्चित गर्न अपील गरेका छन्। २३ लाख जनसंख्या भएको गाजा पट्टीका ८० प्रतिशत जनता इजरायली बमबारीका कारण विस्थापित भएका छन् ।

संयुक्त राष्ट्रसंघका अनुसार अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणपछि इजरायली कारबाहीमा १५ हजार ८९० जनाले ज्यान गुमाएका छन् । जसमा २५० स्वास्थ्यकर्मी रहेका छन् । जबकि ४१ हजारभन्दा बढी घाइते र हजारौं बेपत्ता छन् । एकै समयमा, हमासको आक्रमणमा ज्ञद्दण्ण् भन्दा बढी मानिस मारिए र द्दद्धण् बन्धक बनाइयो। डब्ल्यूएचओले गाजाको अवस्था निकै खराब भएको बताएको छ ।

गाजामा थप तीन सैनिकको मृत्यु

अहिलेसम्म ८१ जनाको ज्यान गएको छ इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले मङ्गलबार गाजामा हमास विरुद्धको कारबाहीमा थप तीन सैनिक मारिएको जनाएको छ । एक प्रवक्ताले भने,यी दुई मृत्युले गाजामा भूमि अपरेशन सुरु भएदेखि मारिएका हाम्रा सैन्य कर्मचारीहरूको संख्या ८१ पुगेको छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);