इजरायली सेनाकाे गोली लागेर कम्तिमा १६ काे मृत्यु | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८३, बुधवार

इजरायली सेनाकाे गोली लागेर कम्तिमा १६ काे मृत्यु

palestine

एजेन्सी,१७ चैत । इजरायल र प्यालेस्टाइनबीचको गाजा क्षेत्रमा भएको प्रदर्शनका क्रममा इजरायली सेनाकाे गोली लागेर कम्तिमा १६ जनाको मृत्यु भएको छ।

प्यालेस्टायनी अधिकारीहरुले इजरायली सेनाले गोलीकाे प्रहारबाट कम्तिमा १६ जनाको मृत्यु भएको र सयौं घाइते भएको बताएका छन्।प्यालेस्टायनीहरुको प्रदर्शन दक्षिणी गाजा क्षेत्रको खान युनिसको शहरगायत प्यालेस्टायन–इजरायल सीमासँग जोडिएका पाँच वटा क्षेत्रमा भएको थियाे।

इजरायली सेनाले भने सीमा क्षेत्रमा दंगा भड्किएकाले त्यसलाई नियन्त्रण गर्न गोली चलाएको दाबी गरेको छ । सीमा क्षेत्रमा टायर बाल्ने , पेट्रोल बम र ढुंगा प्रहार गरी दंगा फैलाउनेहरुलाई नियन्त्रण गर्न कारबाही गरिएको सेनाले बताएको छ।

ताजा समाचार