युद्धविराम समाप्त भएपछि इजरायली हमला गाजामा दोस्रो दिन पनि जारी | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

युद्धविराम समाप्त भएपछि इजरायली हमला गाजामा दोस्रो दिन पनि जारी

एजेन्सी, १६ मंसिर । गाजामा एक साता लामो युद्धविरामपछि दोस्रो दिन पनि इजरायली आक्रमण जारी छ । युद्धविरामको पहिलो दिन इजरायलले गाजामा ठूलो हमला गरेको थियो, जसमा १ सय ८४ जनाको मृत्यु भएको थियो र करिब ६०० जना घाइते भएका थिए।

समाचार एजेन्सी रोयटर्सका अनुसार शुक्रबार बिहान युद्धविरामको म्याद सकिएपछि दक्षिणी गाजाको खान युनिसको पूर्वी क्षेत्रहरूमा तीव्र बमबारी भएको थियो, जसले गर्दा धुवाँको मुस्लो आकाशमा उठेको थियो।

गाजाका स्वास्थ्य अधिकारीहरूले इजरायली आक्रमणमा शुक्रबार साँझसम्म १८४ जनाको ज्यान गएको र कम्तीमा ५८९ जना घाइते भएको बताएका छन्। उनले इजरायली आक्रमणबाट २० भन्दा बढी घर प्रभावित भएको बताए ।

जेनेभामा रहेको संयुक्त राष्ट्र मानवीय कार्यालयका प्रवक्ता जेन्स लार्केले गाजामा पृथ्वीको नरक फर्किएको बताए। संयुक्त राष्ट्र संघका सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले आजको केही घण्टामा कैयौं मानिस मारिएका र घाइते भएको बताएका छन्। जनतालाई फेरि घर छाड्न भनिएको उनले बताए ।

ठूलो संख्यामा शरणार्थीहरू दक्षिणी गाजाको नासेर अस्पताल पुगेका छन्। मानिसहरूले उपचारका लागि लामो समय कुर्नुपरेको छ । एक सातादेखि जारी युद्धविराम अब समाप्त भएको छ र गाजामा तीव्र हमला जारी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);