इटालीमा हंगेरीका विद्यार्थी बोकेको स्कूल बस दुर्घटना, कम्तिमा १६ स्कुले बालबालिकाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

इटालीमा हंगेरीका विद्यार्थी बोकेको स्कूल बस दुर्घटना, कम्तिमा १६ स्कुले बालबालिकाको मृत्यु

इटालीमा हंगेरीका विद्यार्थी बोकेको स्कूल बस दुर्घटना, कम्तिमा १६ स्कुले बालबालिकाको मृत्यु, ३९ जना घाइते

इटालीमा हंगेरीका विद्यार्थी बोकेको स्कूल बस दुर्घटना

काठमाडौं । इटालीमा स्कूल बस दुर्घटना हुँदा कम्तिमा १६ जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन्।

इटालीको उत्तरी क्षेत्रमा स्कूले बालबालिका बोकेको बस दुर्घटना भएको सरकारी अधिकारीले बताएका छन् । हंगेरीका विद्यार्थी बोकेको बस भेरोना नजिक बाटो छेउको पोलमा ठोक्किएको हो ।

घटनामा अन्य ३९ जना घाइते भएको इटालीको राष्ट्रिय अग्नि नियन्त्रण कार्यालयले जनाएको छ । फ्रान्सको बुडापेस्टमा माउन्टेन होलिडे मनाएर फर्किएका विद्यार्थी चढेको बस दुर्घटनामा परेको हो ।

बसमा धेरै जस्तो १४ देखि १८ वर्षका छात्र रहेको इटालीको समाचार संस्था एन्साले जनाएको छ । बस किन र कसरी पोलमा ठोक्कियो भन्ने बारेमा अनुसन्धान जारी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);