स्कुल बस दुर्घटना अपडेट, १ को मृत्यु २९ घाइते | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८१, आइतबार

स्कुल बस दुर्घटना अपडेट, १ को मृत्यु २९ घाइते


दाङ, १० चैत। दाङ, तुलसीपुर स्थित पब्लिक ज्ञान ज्योति माविको विद्यार्थी बोकेको बस दुर्घटना हुँदा एक छात्राको मृत्यु भएको छ । दुर्घटनामा परि २९ विद्यार्थी घाइते भएका छन् ।

दुर्घटनामा परि तुलसीपुर १८ गणेशपुर निवासी १९ बर्षीया छात्रा सम्झना केसीको उपचारको क्रममा मृत्यु भएको विद्यालयले एक विज्ञप्ती जारी गरी जनाएको छ । तुलसीपुर उपमहानगरपालिका १५ सरैयाँ चोकमा बिहान करिब पौने ६ बजेतिर विद्यालयको रा १ क ४३३ नम्बरको बस दुर्घटना भएको थियो ।

घाइते मध्ये ६ जनालाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको विद्यालयले जनाएको छ । घाइतेहरु मध्य किरण चौधरी, अस्मिता डाँगी, सन्ध्या रेग्मी, चम्पा डाँगी, उर्मिला चौधरी, रोमहर्ष डाँगीलाई बाँकेको कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको विद्यालयका सहायक क्याम्पस प्रमुख मनोज कुमार केसीले जानकारी दिए । त्यस्तै, अन्य घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।

घटनाका घाइते विद्यार्थीका अनुसार दुर्घटना भएको बसमा झन्डै ३५/४० जनाको संख्यामा विद्यार्थी सवार थिए । बसको गति तिव्र र दुर्घटना भएको ठाउँ मोड भएकाले दुर्घटना भएको घाइते विद्यार्थीको भनाइ छ ।

दुर्घटना भए लगतै कम चोट पटक लागेका विद्यार्थी आफैले अन्य विद्यार्थीको उद्धार गरेको बताएका छन् । त्यस्तै, प्याप्सन, नेशनल प्याप्सन दाङले दुर्घटनाकोशोकमा दाङका सम्पुर्ण विद्यालयहरु आज बन्द गरेको नेशनल प्याप्सन दाङ अध्यक्ष बिमल गौतमले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);