बाँके राष्ट्रिय निकुञ्जमा बस र टिप्पर दुर्घटना, ५ काे मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बाँके राष्ट्रिय निकुञ्जमा बस र टिप्पर दुर्घटना, ५ काे मृत्यु

बाँके । बाँकेको कोहलपुर नगरपालिका–१३ स्थित बाँके राष्ट्रिय निकुञ्जमा बस र टिप्पर दुर्घटना हुँदा ज्यान गुमाएका ५ मध्ये ४ जनाको पहिचान खुलेको छ ।

शुक्रबार साझ बस र टिप्पर ठोक्किएर भएको दुर्घटना मृत्यु भएका चारजनाको सनाखत भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

मृत्यु हुनेमा कोहलपुर–१२ बस्ने टिप्परका चालक खगेन्द्र बहादुर सुनार र सह–चालक उदय बाँठा , सुर्खेत घर भएका ४१ वर्षीय जीवन कुमार बिक र झापाको मेची नगपारपालिका– १० घर भएका छत्रबहादुर कटुवाल रहेको प्रहरीले जनाएको छ ।दुर्घटना ज्यान गुमाएकी करिब ३५ वर्षीया महिलाको पहिचान खुल्न बाँकी छ ।

सुर्खेतबाट धरान जाँदै गरेको मकालु यातायातको से १ ख ३३४८ नम्बरको बस र ना अ क–४१ नम्बरको टिपर ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका ७ जनाकोे कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);