नवलपरासीमा बस र ट्रक ठोक्किँदा २ को मृत्यु, ३२ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नवलपरासीमा बस र ट्रक ठोक्किँदा २ को मृत्यु, ३२ घाइते

accident

नवलपरासी, १३ असोज । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको कावासोती –१६, मा शनिबार बिहान साढे ३ बजे बस र ट्रक एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्

घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । नेपालगंजबाट काठमाडौंका लागि छुटेको ना ७ ख ५६ २९ नम्बरको बस विपरीत दिशाबाट जाँदै गरेको ना ६ ख ७७१९ नम्बरको ट्रकसँग ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परि बस चालक बाँके कोहलपुर नगरपालिका ४ बस्ने २३ वर्षका सुरज विक र बर्दिया वाणगंगा गाउँपालिका २ बस्ने २४ वर्षका लक्ष्मण थारुको , भएको प्रहरीले बताएको छ ।

घाइते भएका ११ जनाको भरतपुरमा, ४ जनाको मध्यविन्दु अस्पताल डण्डा र १७ जनाको कालीगण्डकी अस्पताल कावासोतीमा उपचार भइरहेको छ ।दुर्घटनास्थलमा अहिले सडक अवरुद्ध भएको छ । घाइतेहरुको विवरण आउन बाँकी रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);