नवलपुरमा ट्रक र कार ठोक्किँदा पाँच जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नवलपुरमा ट्रक र कार ठोक्किँदा पाँच जनाको मृत्यु

sadak accident

नवलपुर, ७ असोज । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको कावासोती नगरपालिका ८ मा ट्रक र कार ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । लु १ ख ८५३२ नम्बरको ट्रक र बा २१ च ६४०९ नम्बरको कार सोमवार राति ठोक्किँदा कारमा रहेका पाँचैजनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार नवलपरको देवचुली नगरपालिका १ केउरानीका ३५ वर्षीय दीपक भन्ने पूर्णबहादुर विक, देवचुली ५ का दिलबहादुर ढेंगामगर र कैलालीका सुरज राना मगरको सनाखत भएको छ । अन्य २ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । उनीहरु पाँचै जनालाई अस्पतालले मृत घोषणा गरेको छ हो । ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

एक जनाको मृत्यु १५ घाइते

यस्तै नवलपुरको मध्यविन्दु नगरपालिका स्थित जंगलमा सोमवार राति पौने दुई बजेतिर यात्रु बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।दाङबाट काठमाडौं जाँदै गरेको ना ७ ख ८६४२ नम्बरको बस आफैं अनियन्त्रित भएर पल्टिँदा मकवानपुर घर भएका बस चालक ३५ वर्षीय लक्ष्मण तिमिल्सिनाको मृत्यु भएको हो । यसैगरी सुर्खेतबाट काठमाडौं जाँदै गरेको ना ४ ख ९५१० नम्बरको बस मंगलबार बिहान पौने पाँच बजेतिर नवलपुरकै मध्यविन्दु नगरपालिका ७ चालीस किलो भन्ने स्थानमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेहरुलाई उपचार गर्न चितवन पठाइएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);