गैंडाकोटमा बस र ट्रक ठोक्किए, तीन जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

साउन ४ २०८१, शुक्रबार

गैंडाकोटमा बस र ट्रक ठोक्किए, तीन जनाको मृत्यु

काठमाडौं ।  नवलपुरको गैंडाकोटमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट-१० स्मृतिपुल नजिकै सु.प्र.०२-००१  ख ११२३ नम्बर बस र ना६ख७१२६ नम्बरको ट्रक मंगलबार बिहान एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । बस काकँडभित्ताबाट महेन्द्रनगरतर्फ जाँदै थियो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलीपकुमार गिरीका अनुसार दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको छ ।मृतकको परिचय खुल्न सकेको छैन । दुर्घटनामा बस र ट्रकका चालकसहित २४ जना घाइते भएका छन् ।  उनीहरूलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);