बस र ट्रक एकआपसमा ठोक्किँदा ३६ जनाको मृत्यु, ३४ जना घाईते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बस र ट्रक एकआपसमा ठोक्किँदा ३६ जनाको मृत्यु, ३४ जना घाईते

china accident

एजेन्सी, १२ असोज । चीनको जियाङसु प्रान्तमा आइतबार बस र ट्रक एकआपसमा ठोक्किँदा ३६ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अन्य ३४ जना घाइते भएका छन् ।

चिनियाँ संचार माध्यमका अनुसार बसमा ६९ जना सवार रहेका थिए । बस पूर्वी जियाङसु प्रान्तको एक्सप्रेस वेमा तीव्र गतिमा गुडिरहेको र त्यसै यस क्रममा टायर पञ्चर हुँदा अनियन्त्रित भएर अगाडि आइरहेको ट्रकमा ठोक्किँन पुगेको जनाइएको छ । चिनियाँ अधिकारीका अनुसार दुर्घटनाका सम्बन्धमा प्रारम्भिक अनुसन्धानको प्रक्रिया सुर गरिएको छ । घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);