साउदीमा बस र ट्रक आपसमा ठोक्किँदा ३५ यात्रुको मृत्यु, ४ घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

साउदीमा बस र ट्रक आपसमा ठोक्किँदा ३५ यात्रुको मृत्यु, ४ घाइते

saudi arab accident

एजेन्सी, ३० असोज । साउदी अरबमा बस र ट्रक आपसमा ठोक्किँदा ३५ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् । साउदीको मदिना प्रान्तमा प्रवासीहरु चढेको बस अलअखल क्षेत्रमा बुधबार ट्रकसँग ठोक्किँदा बसमा सवार ३९ जना रहेको मध्ये ३५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकसँग ठोक्किएपछि बसमा आगो लागेको थियो । मृत्यु हुनेहरुमा धेरैजसो एसियाली र अरब मूलका नागरिक रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको अल हमना अस्पतालमा उपचार भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);