भारतमा तीर्थयात्री सवार बस ट्रकसँग ठोक्किँदा १४ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

साउन २२ २०८३, शनिबार

भारतमा तीर्थयात्री सवार बस ट्रकसँग ठोक्किँदा १४ जनाको मृत्यु

एजेन्सी, २ फागुन । भारतको आन्ध्र प्रदेशमा तीर्थयात्री सवार बस ट्रकसँग ठोक्किँदा १४ जनाको मृत्यु भएको छ ।

कर्नुल जिल्लाको मदरपुर गाउँमा एकाविहानै भएको दुर्घटनामा परी ८ महिला, चालकसहित पाँच पुरुष र एक बच्चाको मृत्यु भएको हो । चार जना गम्भीर घाइते छन् । यी सबै चित्तुर जिल्लाको मदनपल्ले भन्ने ठाउँबाट अजमेर तीर्थयात्रामा जाँदै थिए ।

तीर्थयात्री सवार बस अनियन्त्रित हुँदै विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएको थियो । कर्नुल जिल्ला प्रहरीका अनुसार बसमा १८ जनामध्ये चारजना बच्चा बाँचेका छन् ।

Leave a Reply

ताजा समाचार