म्यान्मारमा जनप्रदर्शन रोक्न सडकमा सेनाका बख्तरबन्द गाडी तैनाथ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

म्यान्मारमा जनप्रदर्शन रोक्न सडकमा सेनाका बख्तरबन्द गाडी तैनाथ

एजेन्सी, ३ फागुन । सेनाले सत्ता हातमा लिएसँगै म्यान्मारका सडकमा जताततै सेनाका बख्तरबन्द गाडी देखिन थालेका छन् । सैन्य ‘कु’ पछि त्यहाँ इन्टरनेट सेवा पनि बन्द गरिएको छ ।

म्यान्मारको सैनिक सरकारले फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जाल यसअघि नै बन्द गराइसकेको छ । सेनाले फेब्रुअरी १ देखि नेत्री आङ सान सूची, राष्ट्रपति, मन्त्रीहरुसहित सबै प्रजातान्त्रिक नेतालाई नजरबन्दमा राखेर सत्ता हातमा लिएको हो । जसको विरोधमा लगातार जनप्रदर्शन भइरहेको छ ।

जनप्रदर्शन रोक्न सडकमा बख्तरबन्द गाडी तैनाथ गरिएको अनुमान गरिएको छ । सैन्य ‘कु’विरुद्ध म्यान्मारका नागरिकले देशको उत्तरस्थित काचिनमा लगातार प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीलाई लक्षित गरी सुरक्षाकर्मीले गोली चलाएको खबर छ ।

उता, राष्ट्र संघका एक अधिकारीले म्यान्मारको सेनाले जनताविरुद्ध युद्ध घोषणा गरेको आरोप लगाएका छन् । म्यान्मारका लागि राष्ट्र संघका विशेष अधिकारी टम एन्ड्र्युजले म्यान्मारका सेना प्रमुखले हतास मानसिकता देखाएको टिप्पणी गर्नु भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);