म्यानमारमा सैन्य कू विरुद्ध भएको विरोध प्रदर्शनमा ४ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

म्यानमारमा सैन्य कू विरुद्ध भएको विरोध प्रदर्शनमा ४ जनाको मृत्यु

एजेन्सी, १६ फागुन । म्यानमारमा सैन्य कू विरुद्ध भएको विरोध प्रदर्शनमा सेनाको गोली लागि आईतबार ४ जना प्रदर्शनकारीको मृत्यु भएको छ । सैन्य कू विरुद्ध भएको प्रदर्शनमा सेनाले चलाएको गोली लागेर आईतबार म्यानमारको दक्षिणी शहर दावेईमा ३ जना प्रदर्शनकारी र याङगुनमा एक प्रदर्शनकारीको मृत्यु भएको हो ।

कू विरुद्ध जनप्रदर्शन विशाल हुँदै गएसँगै सेनाले पनि व्यापक दमन गर्न थालेको छ । नेतृ आङ सान सू चीलाई रिहा गर्न र सत्ता फिर्ता गर्न माग गर्दै सेनाविरुद्ध हरेक दिन प्रदर्शन हुँदैआएको छ । म्यानमारको ठूला सहर यांगुनसहित विभिन्न सहरमा हरेक दिन विशाल जनप्रदर्शन भएका छन् ।

जनताको शान्तिपूर्ण प्रदर्शन दबाउन सेना अचानक आक्रामक बन्न थालेको छ । म्यानमारमा गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा आन सान सू चीको पार्टीले वहुमत प्राप्त गरेपछि चुनावमा धाँधली भएको भन्दै सेनाले फेब्रुअरी १ मा सू ची नेतृत्वको सरकार अपदस्थ गरी सत्ता कब्जा गरेको थियो । साथै एक वर्षका लागि संकटकाल घोषणा गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);