म्यानमारमा सेनाको हवाई आक्रमणबाट कम्तीमा ५३ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

म्यानमारमा सेनाको हवाई आक्रमणबाट कम्तीमा ५३ जनाको मृत्यु

एजेन्सी । म्यानमारमा सेनाको हवाई आक्रमणबाट कम्तीमा ५३ जनाको मृत्यु भएको छ ।

२ वर्षअघि सैन्य कू विरोधीहरूको केन्द्र मानिएको सहर पाजिगीमा मंगलबार सेनाले हवाई आक्रमण गरेको हो । आक्रमणमा बालबालिकासहित कम्तीमा ५३ जनाको मृत्यु भएको र अरु थुप्रै मानिस घाइते भएको बताइएको छ । स्थानीय तथा प्रत्यक्षदर्शीहरूले यस आक्रमणलाई सैन्य कू भएयताकै घातक आक्रमण भनेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रकाशित समाचार अनुसार स्थानीयहरू एक प्रशासनिक कार्यालयको उद्घाटन समारोहका लागि भेला भइरहेका बेला सैन्य आक्रमण भएको हो । मृत्यु हुनेहरू अधिकांश आम नागरिक थिए । घटनास्थलमा उद्धार कार्य भइरहेको बेला पनि दोस्रो आक्रमणबाट तीन जना मारिएका थिए । आक्रमणबारे म्यानमारको सेनाले भने हालसम्म कुनै प्रतिक्रिया दिएको छैन । म्यानमारमा सैन्य कू का नेता मिन आङ ह्विङले गत महिना आफ्नो शासनविरुद्ध लडिरहेका ’आतंकवादीहरू’ माथि निर्णायक कारबाही गर्ने चेतावनी दिनुभएको थियो ।

म्यानमारमा आङ सान सूचीको पार्टीको निर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले २०२१ फेब्रुअरी १ मा कू गरेको थियो । त्यसयता भएका विभिन्न प्रदर्शनमा हजारौंको मृत्यु हुनुका साथै हजारौं मानिस घाइते र ठूलो संख्यामा पक्राउ परेका छन् । यसबीचमा दस लाखभन्दा धेरै मानिस विस्थापित भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);