म्यानमारमा सेनाले गरेको कू बारे छलफल गर्न राष्ट्रसंघ सुरक्षा परिषद बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

म्यानमारमा सेनाले गरेको कू बारे छलफल गर्न राष्ट्रसंघ सुरक्षा परिषद बैठक बस्दै

एजेन्सी, २० माघ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठक बस्ने भएको छ ।म्यानमारमा सेनाले कू गरि सत्ता हत्याएपछि त्यसको चौतर्फी विरोध भइरहेका बेला त्यसबारे छलफल गर्न आज सुरक्षा परिषदको बैठक बस्न लागेको हो ।

म्यानमारमा भएको पछिल्लो राजनीतिक घटनाक्रमलाई छलफलको पहिलो प्राथमिकतामा राखेर बैठक बस्न लागेकोे परिषद्का सदस्यहरुको भनाई उद्दृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । म्यानमारमा भएको कू को पश्चिमा देशहरुले विरोध गरेका छन् ।

यस्तै विश्वका अन्य क्षेत्रका विभिन्न देशले पनि सो घटनाको निन्दा गरेका छन् । यसैबिच अमेरिकी राष्ट्रपति जो बाइडेनले सैन्य कू म्यानमारको प्रजातान्त्रिक प्रक्रिया र कानूनी शासनमाथिको आक्रमण रहेको भन्दै निन्दा गर्नु भएको छ ।

साथै उहाँले सैन्य कू को फलस्वरुप म्यानमारमाथि प्रतिबन्ध लगाउन सकिने चेतावनी दिनुभएको छ । म्यानमारको सेनाले सोमबार सत्तारुढ नेशनल लिग फर डेमोक्रेसी एनएलडी पार्टीकी नेतृ आङ साङ सूकीसहित शीर्ष नेतालाई गिरफ्तार गरि सत्ता नियन्त्रणमा लिएको हो । सेनाले एक वर्षका लागि संकटकालको घोषणा समेत गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);