सैन्यु ‘कू’ पछि पहिलो पटक अन्तर्राष्ट्रिय भ्रमणमा जाँदै म्यानमारका सेना प्रमुख | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सैन्यु ‘कू’ पछि पहिलो पटक अन्तर्राष्ट्रिय भ्रमणमा जाँदै म्यानमारका सेना प्रमुख

एजेन्सी । सैन्यु कू गरी निर्वाचित सरकारलाई हटाई शासन आफ्नो हातमा लिएका म्यानमारका सैनिक प्रमुख पहिलो पटक अन्तर्राष्ट्रिय भ्रमणमा जाने भएका छन् ।

सेना प्रमुख मिन आङ दक्षिण पूर्वी एसियाली क्षेत्रीय संगठन आसियनको शिखर सम्मेलनमा भाग लिन इन्डोनेसियाको राजधानी जाकार्ता जान लागेका हुन्। गएको फेब्रुअरी १ मा कू गरी सत्ता हत्याएपछि मिनको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो ।

सैन्य कू र सेनाले नियन्त्रणमा लिएका नेतृ आन साङ सूकीसहितका नेताहरुको रिहाईको माग गर्दै म्यानमारमा दैनिक जसो प्रदर्शन भईरहेका छन् । प्रदर्शनमा सेनाको क्रुर दमनमा परी ५० भन्दा धेरै बालबालिकासहित सात सयभन्दा बढीले ज्यान गुमाई सकेका छन् ।

म्यानमारमा भएको सैन्य कू को विश्वका धेरै मुलुकहरुले आलोचना गर्दै आएको छ ।

सेना प्रमुख मिन सहभागी हुन जान लागेको संगठनमा १० वटा दक्षिण पूर्वी देश रहेका छन् । यी मध्ये अधिकांस देशले म्यानमार सेनाको विरोध गर्दै आएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);