म्यान्मारमा भइरहेका प्रदर्शनका बीच सैन्य जनरल ल्लेइङको पहिलो सम्बोधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

म्यान्मारमा भइरहेका प्रदर्शनका बीच सैन्य जनरल ल्लेइङको पहिलो सम्बोधन

एजेन्सी , २७ माघ । म्यान्मारमा सैन्य ‘कू’ को विरोधमा भइरहेको चर्को विरोधका बेला सैन्य जनरलको पहिलो सम्बोधन गर्नुभएको छ । सैन्य प्रमुख जेन मुन अङ ल्लेइङले पहिलो पटक टेलिभिजनबाट नागरिकलाई सम्बोधन गर्नुभएको हो ।

पछिल्लो कदमको आवश्यकताको औचित्य पुष्टि गर्ने प्रयास स्वरुप यो सम्बोधन गरिएको बताइएको छ । सम्बोधन आन्दोलनकारीलाई तर्साउने भन्दा औचित्य पुष्टिमा बढी केन्द्रीत भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

सम्बोधनका क्रममा ल्लेइङले पछिल्लो चुनाव स्वच्छ हुन नसकेको र निर्वाचन आयोगले पनि छानबिनमा असफल भएको आरोप लगाउनुभएको छ । साथै उहाँले छिटै नै निर्वाचन गरेर विजेतालाई सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

यता, सैन्य ‘कू’ को विरोधमा निरन्तर प्रदर्शन जारी छ भने अन्तर्राष्ट्रिय समुदायले समेत विरोध जनाइरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);