म्यानमारमा सैन्य 'कू' विरुद्ध लगातार तेस्रो दिनपनि विरोध प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

म्यानमारमा सैन्य ‘कू’ विरुद्ध लगातार तेस्रो दिनपनि विरोध प्रदर्शन

काठमाडौं, २६ माघ । म्यानमारमा सैन्य कू विरुद्ध प्रदर्शन तीव्र हुन थालेपछि प्रहरीले बल प्रयोग गरेको छ । सोमबार राजधानी नाइ पी तावमा भएको प्रदर्शन नियन्त्रणमा लिनका लागि प्रहरीले पानीको फोहोरा प्रहार गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

म्यानमारमा नागरिक समाज र पेशाकर्मीहरुले सैन्य कू विरुद्ध सोमबार देशव्यापी बन्द आह्वान गरेका छन् । त्यसक्रममा भएको प्रदर्शन नियन्त्रणमा लिनका लागि प्रहरीले पानीको फोहोरा प्रहार गरेको हो।

सैनिक कू विरुद्ध म्यानमारमा लगातार तेस्रो दिन प्रदर्शन भएको हो । उनीहरुले नेतृ आङ साङ सू ची सहितका नेताको रिहा तथा प्रजातन्त्र पुनस्थापनाको माग गरेका छन् ।

म्यानमारमा सेनाले गत सोमबार बिहानै सत्तारुढ नेशनल लिग फर डेमोक्रेसी पार्टीकी नेतृ आङ साङ सूची सहित शीर्ष नेतालाई नियन्त्रणमा लिएर गरि सत्ता किब्जा गरेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);