अमेरिकाले इरानमाथिको नाकाबन्दी नहटाउने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अमेरिकाले इरानमाथिको नाकाबन्दी नहटाउने

एजेन्सी, २६ माघ । अमेरिकी राष्ट्रपति जो बाइडनले इरानमाथिको नाकाबन्दी नहटाउने स्पष्ट गर्नुभएको छ । बाइडनले इरान युरेनियमको प्रयोगसम्बन्धी कार्य बन्द गर्न तयार नभएसम्म अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध नहटाउने स्पष्ट गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

इरान वार्ताको टेबलमा आएर र आणविक सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न तयार भएमात्र इरानमाथिको प्रतिबन्ध हटाउन सकिने राष्ट्रपति बाइडनको भनाइ छ । इरानका विदेशमन्त्री मोहमद जभाद जारिफले अमेरिकाले आफूहरुमाथि अवैधानिक रुपमा नाकाबन्दी लगाएको बताएपछि बाइडनको उक्त भनाइ सार्वजनिक भएको हो ।

सन् २०१५ मा इरान र अमेरिका, बेलायत, रूस, फ्रान्स, चीन, जर्मनी र युरोपियन युनियनबीच इरानमाथिका आर्थिक प्रतिबन्ध हटाउने सहमतिपछि तेहरानले आफ्नो आणविक कार्यक्रमका केही अंशलाई कम गर्न वा फिर्ता लिन सहमत भएको थियो । तर इरान यो सम्झौतामा गम्भिर नभएको भन्दै अमेरिकाले नाकाबन्दी लगाएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);