अमेरिकाद्वारा ईरानको हतियार प्रणालीमा साइबर हमला, ईन्टरनेट प्रणालीमा आक्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

अमेरिकाद्वारा ईरानको हतियार प्रणालीमा साइबर हमला, ईन्टरनेट प्रणालीमा आक्रमण

trump

एजेन्सी, ८ असार । अमेरिकाले इरानको हतियार प्रणालीमा साइबर–हमला सुरु गरेको जनाइएको छ ।

अन्तराष्ट्रिय संचार माध्यमका अनुसार इरानमाथिको हवाई आक्रमण अन्तिम समयमा आएर राष्ट्रपति डोनाल्ड ट्रम्पले रद्द गरेपछि साइवर आक्रमण सुरु गरिएको जनाइएको छ । हवाइ आक्रमणको बदलामा अमेरिकाले इरानको हतियार सम्बन्धी इन्टरनेट प्रणालीमा साइबर आक्रमण सुरु गरेको हो । रकेट तथा मिसाइल लञ्चरलाई नियन्त्रण गर्ने कम्प्युटर प्रणालीलाई लक्षित गरी अमेरिकाले साइबर आक्रमण गरेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।

अमेरिकी गुप्तचर ड्रोनलाई इरानले खसालेको तथा गल्फ अफ ओमानमा तेलका दुई ठूला समुद्री ट्यांकरमाथिको आक्रमणको बदला स्वरुप अमेरिकाले साइबर आक्रमण गरेको हो । गल्फ अफ ओमानमा ट्यांकरमाथि भएको आक्रमणमा अमेरिकाले इरानलाई दोष लगाएको छ तर इरानले त्यसको प्रतिवाद गर्दै आएको छ । यस्तै अमेरिकाले इरानमाथिको प्रतिबन्ध थप गरेको छ ।इरानले परमाणु हतियार बनाइरहेको र त्यसलाई नियन्त्रण गर्नका लागि उसमाथि थप प्रतिबन्ध लगाउने निर्णय गरेको अमेरिकी राष्ट्रपति ट्रम्पले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);