इरान समर्थित लडाकुको अखडामा अमेरिकाको हवाई आक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

इरान समर्थित लडाकुको अखडामा अमेरिकाको हवाई आक्रमण

एजेन्सी, १४ फागुन । सिरियास्थित इरान समर्थित लडाकु अखडामा अमेरिकाले हवाई आक्रमण गरेको छ । अन्तराष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार, अमेरिकी राष्ट्रपती जो बाईडेनको अनुमतीमा बिहीवार सो हवाई आक्रमण भएको हो ।

सो आक्रमणमा के कति क्षति भयो भन्नेबारे भने खुलाइएको छैन । गतहप्ता मात्रै इरानले इराकस्थित अमेरिकाको सैनिक शिविरमा रकेट आक्रमण गरेको थियो । बिहीबार सिरियामा भएको हवाई आक्रमणलाई त्यसैको जवाफी कारवाहीका रुपमा हेरिएको छ ।

गतहप्ता इरानले गरेको रकेट आक्रमणमा परि चार अमेरिकी ठेकेदारसहित ६ जना घाइते भएका थिए भने र एक गैर–अमेरिकी ठेकेदारको ज्यान गएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);