इरानले ठूलो मूल्य चुकाउनु पर्ने ट्रम्पकाे चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

इरानले ठूलो मूल्य चुकाउनु पर्ने ट्रम्पकाे चेतावनी

trump

इराकमा रहेको अमेरिकी दुतावासमा इरानले आक्रमण गरेको ट्रम्पको आरोप

काठमाडौं, १६ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् । इराकमा रहेको अमेरिकी दूतावासमा भएको आक्रमणमा इरानको संलग्नता रहेको आरोप लगाउँदै राष्ट्रपति ट्रम्पले बुधवार ट्वीट मार्फत त्यसको ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका हुन् ।

अमेरिकाले गरेको हवाई आक्रमणमा इरानको साथ पाएका इराकी लडाकुहरुको मृत्यु भएपछि आक्रोसित प्रदर्शनकारीले इराकमा रहेको अमेरिकी दूतावासमा तोडफोड गरेका थिए ।

राष्ट्रपति ट्रम्पले भौतिक या मानवीय क्षतिको अति ठूलो मूल्य चुकाउनु पर्ने भन्दै इरानलाई चेतावनी दिएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । तर इरानले भने ट्रम्पको आरोपको निन्दा गरेको छ ।

अमेरिकाले केही दिन अघि इरानको साथ पाएका कातिब हेजबुल्लाह समूहका लडाकुमाथि हवाई आक्रमण गरेको थियो । इराकको पश्चिमी तथा इरानको पूर्वी क्षेत्रमा रहेका कातिबका अखडाहरुमा अमेरिकाले निशाना बनाएको थियो । आक्रमणमा परेर २५ लडाकु मारिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);