सोलेमानीको हत्याको बदला लिने इरानी नेता खामेनीको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सोलेमानीको हत्याको बदला लिने इरानी नेता खामेनीको चेतावनी

khamenei vs trump

एजेन्सी, १८ पुस । इराकको बग्दाद अन्तराष्ट्रिय विमानस्थलमा अमेरिकाले गरेको हवाई आक्रमणमा इरानको कुर्दिश फौजका प्रमुख जनरल कासिम सुलेमानीसहित ६ जनाको मृत्यु भएको छ । अमेरिकाले शुक्रवार गरेको आक्रमणमा मारिनेमा इराकी मिलिसिया कमाण्डर अबु महदी अल मुहान्दिस पनि रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मंगलबार बग्दादमा रहेको अमेरिकी दूतावासमा भएको आक्रमणमा इरानको संलग्नता भएको र त्यसको ठूलो मूल्य चुकाउनुपर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीपछि शुक्रबार बग्दादमा हवाई आक्रमण भएको हो । अमेरिकी अधिकारीले बग्दाद आक्रमण आफूहरुले गराएको बताएका छन् ।

उता इरानका सर्वोच्च नेता आयातोल्लाह खामेनीले अमेरिकासँग इरानी सेनाका कमाण्डर जर्नेल सुलेमानीको हत्याको बदला लिने चेतावनी दिएका छन् । खामेनीले सुलेमानीको मृत्युमा इरानमा तीन दिन राष्ट्रिय शोक मनाइने पनि घोषणा गरेका छन् । यसअघि इरानका विदेश मन्त्री मोहम्मद जावेद जरिफले पनि अमेरिकाले आफ्नो दुष्ट र मूर्खतापूर्ण कामको नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए ।

सुलेमानी मारिएसँगै फेरि एक पटक तेहरान र वासिंगटनबीच टकरावको स्थिति सिर्जना भएको छ । बढ्दो तनावलाई लिएर अमेरिकाले इराकमा रहेका आफ्ना नागरिकलाई फिर्ता हुन आग्रह गरेको छ ।

इराकका प्रधानमन्त्री अदिल अब्दुल महदीले पनि अमेरिकी आक्रमणको निन्दा गरेका छन् । अमेरिका र इरानको बढ्दो टकरावलाई लिएर चीनले मध्यपूर्वमा शान्ति वहालका लागि सबैलाई आग्रह गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);