इरानद्वारा अमेरिकी सैन्य शिविरमा दर्जनौं क्षेप्यास्त्र प्रहार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

इरानद्वारा अमेरिकी सैन्य शिविरमा दर्जनौं क्षेप्यास्त्र प्रहार

iran fires missiles

एजेन्सी, २३ पुस । इरानले इराकस्थित अमेरिकाका हवाई सैन्य आधार शिविरमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । इरानको सरकारी टेलिभिजनका अनुसार गत शुक्रवार अमेरिकी सैनिकको आक्रमणबाट इराकको राजधानी बग्दादमा इरानी सैनिक जनरल कासिम सुलेमानीको हत्याको बदला लिन ती क्षेप्यास्त्रहरू प्रहार गरिएको हो ।

अमेरिकी रक्षामन्त्रालय पेन्टागनले पनि पश्चिमी बग्दादस्थित एरबिल र अल असदमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा क्षेप्यास्त्र आक्रमण भएको पुष्टि गरेको छ ।

मानवीय क्षतिका सम्बन्धमा भने पेन्टागनले केही उल्लेख गरेको छैन । तर इरानी संचार माध्यमहरुले उक्त आक्रमणमा ८० जना अमेरिकी सैनिक मारिएको दावी गरेका छन् । इराकमा ५ हजार अमेरिकी सैनिक रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);