अमेरिकी गठबन्धन सेनाको सैन्य शिविरमा फेरि मिसाइल आक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अमेरिकी गठबन्धन सेनाको सैन्य शिविरमा फेरि मिसाइल आक्रमण

Iran's Missile Attacks Won't Be Enough for Its Rulers

एजेन्सी, २८ पुस ।  अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार आइतबार बग्दादको उत्तरी भागमा रहेको अमेरिकी सैन्य शिविरमा मिसाइल प्रहार भएको हो । कम्तिमा ६ वटा मिसाइल प्रहार गरिएको र ४ जना इराकी सेना घाइते भएको जनाइएको छ ।

गेटमा सुरक्षार्थ खटिएका ४ इराकी सेना घाइते भएका हुन्। अमेरिकी सेनामा पुगेको क्षतिबारे भने कुनै विवरण प्राप्त छैन। त्यस क्याम्पमा अमेरिकी सेनाका पशिक्षक तथा विषेशज्ञहरु रहेको बताइएको छ ।

अहिलेसम्म यस आक्रमणको जिम्मा कसैले लिएको छैन। अमेरिकाले इरानी सैन्य कमाण्डर कासिम सुलेमानी मारिएपछि आक्रोशित बनेको इरानले गत बुधबार मात्रै इराकस्थित दुई अमेरिकी सैन्य शिविरमा आक्रमण गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);