इरान विमान दुर्घटनामा झुठ बोलेको भन्दै राजधानीमा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

इरान विमान दुर्घटनामा झुठ बोलेको भन्दै राजधानीमा प्रदर्शन

protesters codemn lies

एजेन्सी, २७ पुस । मिसाइल प्रहार गरी युक्रेनी विमान खसाएको विरोधमा इरानको राजधानी तेहरानमा प्रदर्शन गरिएको छ । इरानी अधिकारीले विमान खसाएको विषयलाई ढाकछोप गरेको भन्दै सयौंको संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका हुन् ।

केही विश्वविद्यालयमा समेत प्रदर्शन भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । विमान दुर्घटना प्रकरणमा झुट बोलेको भन्दै प्रदर्शनकारीले इरानका सर्वोच्च नेता आयातुल्ला अली खमानेइविरुद्ध नाराबाजी गरेका जनाइएको छ ।

प्रदर्शन चर्किंदै गएपछि स्थिति नियन्त्रणका लागि सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरेको जनाइएकोछ । प्रदर्शनको समर्थन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रप्पले ट्वीटसमेत गरेका छन् ।

गत बुधबार राजधानी तेहरान नजिकै भएको युक्रेनको विमान दुर्घटनामा १ सय ७६ जनाको मृत्यु भएको थियो । पहिला दुर्घटना भएको जनाइएपनि शनिवार इरानले उक्त बिमान इरानी सेनाले मिसाइल प्रयोग गरेर भुलबस खसालेको स्वीकार गरेको थियो । विमानलाई उडेको केहीबेरमै इरानी सेनाले खसालेका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);