'भुलवश' युक्रेनी विमान खसालिएको इरानद्वारा स्वीकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

‘भुलवश’ युक्रेनी विमान खसालिएको इरानद्वारा स्वीकार

iran admits shooting jet

एजेन्सी, २६ पुस । इरानको सेनाले भुलवश युक्रेनी विमानलाई खसालिएको स्वीकार गरेको छ । इरान सेनाले शनिवार विज्ञप्तिमा जारी गर्दै मानवीय त्रुटिका कारण युक्रेनी विमान खसालिएको स्वीकार गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

गत बुधबार इरानमा युक्रेनी विमान दुर्घटनाहुँदा त्यसमा सवार विभिन्न देशका सबै १ सय ७६ जनाको मृत्यु भएको थियो । जसमा ८२ इरानी, ६३ क्यानडेली, ११ युक्रेनी, १०स्विडेनी, ४ अफगानी, ३ जर्मन र ३ जना बेलायती नागरिक रहेका थिए ।

इरानको सरकारी टेलिभिजनबाट सार्वजनिक गरिएको विज्ञप्तिमा घटनप्रति माफी माग्दै इरान सेनाले घटनामा संलग्नलाई कारबाही गरिने उल्लेख छ । इरानका राष्ट्रपति हसन रूहानीले पनि ट्वीट मार्फत मानवीय त्रुटिका कारण प्रहार भएको क्षेप्यास्त्रले युक्रेनी विमान दुर्घटना भएको भन्दै यसलाई ठूलो विपत्ति र अक्षम्य गल्ती भनेका छन् ।

hassan tweet

यसअघि पश्चिमी मुलुकका नेताहरुले इरानी क्षेप्यास्त्रका कारण उक्त यात्रुवाहक विमान तेहरानमा दुर्घटनाग्रस्त भएको संकेत दिएका थिए । तर इरानले त्यसको खण्डन गरेको थियो । इरानले इराकस्थित अमेरिकी सैनिकको दुईवटा आधार शिविरमा क्षेप्यास्त्र आक्रमण गरेको केही घण्टापछि नै उक्त विमान दुर्घटना भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);