ओमानका सुल्तान काबुसको निधन, तीन दिनभित्र नयाँ नेतृत्व चयन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

ओमानका सुल्तान काबुसको निधन, तीन दिनभित्र नयाँ नेतृत्व चयन

oman sultan dead

एजेन्सी, २६ पुस । ओमनका सुल्तान काबुसको निधन भएको छ । केही समयदेखि अस्वस्थ रहेका सुल्तानको उपचारका क्रममा निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि गत महिना उपचाका लािग बेल्जियम लगिएको थियो ।

७९ वर्षीय सुल्तानको सन् २०१५ मा जर्मनीमा उपचार गरिएपछि क्यान्सर रोगबाट पीडित भएको समाचार सार्वजनिक भएको थियो । अविवाहित भएकाले सुल्तान काबुसले आफ्ना उत्तराधिकारी नियुक्ति नगरेको समाचारमा जनाइएको छ ।

सुल्तानको आधारभूत विधान अनुसार सिंहासन खाली भएको तीन दिनभित्र शाही परिवारका पुरुष सदस्यहरुबट नयाँ नेतृत्व चयन गरिने बताइएको छ । पाँच दशक भन्दा लामो समय शासन गरेका सुल्तान काबुसले सुधारवादी नेताको छवी बनाएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);