मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदद्वारा पदबाट राजीनामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदद्वारा पदबाट राजीनामा

एजेन्सी, १२ फागुन । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले पदबाट राजीनामा दिएका छन् । ९४ बर्षीय प्रधानमन्त्री महाथिरले सोमबार मलेसियाका राजा सुल्तान अब्दुल्ला सुल्तान अहमद समक्ष राजीनामा पत्र बुझाएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

नयाँ सरकार गठनका लागि मार्ग खुला गर्न भन्दै उनले राजीनामा पत्र बुझाएका हुन् । उनले नेतृत्व गरेको सरकारमाथि प्रश्न उठ्न थालेपछि राजीनामा बुझाएका हुन् ।

सन् १९ सय ८१ देखि २ हजार ३ सम्म मलेसियाका प्रधानमन्त्री रहेका महाथिर चार दशकदेखि मलेसियाई राजनीतिको केन्द्रमा छन् । २०१८ मा आफ्नै उत्तराधिकारी नजीब रज्जाकलाई हराएर महाथिर विश्वकै सबैभन्दा पाका प्रधानमन्त्री भएका थिए ।

सत्ता गठबन्धनमा सहयोगी रहेका ७२ वर्षीय अनवर इब्राहिमसँग खिंचातानी भएकाले उनले राजीनामा दिएको बताइएको छ । महाथिर फेरि नयाँ गठबन्धन बनाएर सरकारमा फर्कने संभावना रहेको मलेसीयाका संचार माध्यमहरुले अनुमान गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);