प्रधानन्यायाधीश पराजुलीले राष्ट्रपतिसमक्ष बुझाए राजीनामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रधानन्यायाधीश पराजुलीले राष्ट्रपतिसमक्ष बुझाए राजीनामा

काठमाडौँ, १ चैत । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले आज पदबाट राजीनामा दिएका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा पत्र पेश गरेकाे राष्ट्रपति कार्यालयका प्रवक्ता हरि प्रसाद दवाडीले बताए ।

न्यायपरिषद सचिवालयले गत साउन २१ गते नै ६५ वर्ष उमेर पुरा गरेको भन्दै बुधबार उनलाई  पदबाट बर्खास्त गरेका थियो ।  सचिवालयले प्रधानन्यायाधिशको पदमा नरहेको पत्र काटेपछि उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पद तथा गोपनीयताको सपथ गराएका थिए ।

न्यायपरिषद सचिवालयले थमाएकाे पत्रका सम्बन्धमा उनले  बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका थिए । उमेरसम्बन्धी विवादमा परेका पराजुली आज शीतल निवास पुगी राष्ट्रपति  भण्डारीलाई राजीनामा पत्र बुझाएका हुन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);