जनतामाथि शासन गर्ने प्रवृत्ति अन्त्य गर्ने मन्त्रीको प्रतिबद्धता | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

काठमाडौं, १ चैत । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले जनतामाथि शासन गर्ने प्रवृत्ति अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मन्त्री यादवले ऐशआराम गरेर बस्ने प्रवृत्ति त्याग्न मातहतका कर्मचारीहरुलाई सचेत गराएका छन् । अन्तराष्ट्रिय उपभोक्ता अधिकार दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनताको सेवा बाहेक वर्तमान सरकारको अर्को कुनै उद्देश्य नरहेको स्पष्ट पारे ।

उनले जनतालाई आवश्यक सेवा प्रवाह गर्न कर्मचारी प्रशासन अव प्रतिवद्ध हुने विश्वास पनि व्यक्त गरे । मन्त्री यादवले उपभोक्ताको हितमा प्रतिबद्ध भएर काम गर्न पनि सम्बन्धित निकायलाई सचेत गराएका छन् ।

मन्त्री यादवले सरकारले सुशासनलाई उच्च प्राथमिकता दिने बताए । उनले मुलुकलाई अघि बढाउन नयाँ ढंगले सोच्नुको विकल्प नरहेको स्पष्ट पारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);