तत्काल स्थानीय तहमा कर्मचारी समायोजन गर्न सकिदैँन : मन्त्री बस्नेत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

प्रदेश तहको संगठन संरचना तयार भएपछि मात्रै स्थानीय तहमा कर्मचारी समायोजन गर्न सकिने-

काठमाडौँं, २३ भदौ । सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले तत्काल स्थानीय तहमा कर्मचारी समायोजन गर्न नसकिने स्पष्ट पारेको छन् ।

मन्त्री बस्नेतले प्रदेश तहको संगठन संरचना समेत तयार भएपछि मात्रै स्थानीय तहमा कर्मचारी समायोजन गर्न सकिने प्रष्टिकरण दिएका छन् । उनले कर्मचारी समायोजनको कामलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाएको बताए ।

शुक्रबार व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिमा कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री बस्नेतले प्रदेश सभा निर्वाचन सम्पन्न नभई कर्मचारी समायोजनको कामलाई अघि बढाउन कठिनाई भएको बताए ।

मन्त्री बस्नेतले समायोजनमा जाने कर्मचारीहरुको वृत्ति विकासलाई प्रतिकूल असर हुन नदिन सरकार सचेत रहेको उनले बताए । उनले कर्मचारी समायोजनसम्बन्धि ऐनमा उनीहरुको वृत्ति विकासमा प्रतिकूल असर पार्ने कुनै पनि ऐन उल्लेख नगरिएको पनि स्पष्ट पारे ।

सरकारले समायोजनमा जाने कर्मचारीको मनोबल उच्च बनाउने प्रतिवद्धता व्यक्त गर्दै आएको छ । बैठकमा बोल्दै समितिका सदस्यहरुले आदेशको भरमा कर्मचारीलाई सरुवा, बढुवा गर्ने परिपाटी अन्त्य गर्न सरकारलाई सचेत गराएका थिए ।

उनीहरुले कर्मचारी समायोजनको स्पष्ट मापदण्ड तय गर्न पनि सरकारसँग माग गरेका छन । स्थानीय तहमा कर्मचारी समायोजन गर्न ढिलाई भएकोमा सरकारको आलोचना हुँदै आएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);