कर्मचारी समायोजन सकिनासाथ २० हजार नयाँ कर्मचारी भर्ना गर्ने सरकारकाे तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कर्मचारी समायोजन सकिनासाथ २० हजार नयाँ कर्मचारी भर्ना गर्ने सरकारकाे तयारी

lalbabu pandit

संघ, प्रदेश र स्थानीय तहमा ५५ हजार कर्मचारी समायोजनको काम सम्पन्न

काठमाडौं, २२ फागुन । संंघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजनको काम सकिने वित्तिकै २० हजार नयाँ कर्मचारी भर्ना गर्ने घोषणा गरेका छन् । मन्त्री पण्डितले कर्मचारी समायोजनको काम नसकिएकाले नयाँ कर्मचारी भर्ना प्रक्रिया सुरु गर्न ढिलाई हुन गएको पनि स्पष्ट पारेका छन् ।

मन्त्री पण्डितले फागुन महिना भित्र कर्मचारी समायोजनको काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।  मन्त्री पण्डितले संघ, प्रदेश र स्थानीय तहमा ५५ हजार कर्मचारी समायोजनको काम सम्पन्न गरिएको बताए ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले काठमाडौंमा हल्लेर बस्न चाहने कर्मचारीहरुले मात्रै समायोजन प्रक्रियाको विरोध गरेको दावी गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);