महासमितिको सन्देश केन्द्रीय समितिले उल्टाएपछि कांग्रेसमा थप विवाद | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

महासमितिको सन्देश केन्द्रीय समितिले उल्टाएपछि कांग्रेसमा थप विवाद

congress Mahasamiti meeting

कांग्रेस नेतृत्व चुनौतिको भूमरिमा

काठमाडौं, २२ फागुन । महासमिति बैठकपछि समाधान भयो भनिएको नेपाली कांग्रेसभित्रको विवाद थप चर्किएको छ । महासमितिमा कार्यकर्तालाई सम्बोधन गर्न ‘अव हामी मिल्यौ’ भनेका सभापति तथा अन्य नेताहरु यतिवेला गुट भेलामा छन् ।

ठिक यही वेला जिल्ला सभापतिहरुले महासमितिको सन्देश विपरित बहुमतबाट विधान पारित भएपछि त्यसविरुद्ध सामुहिक आवाज उठाएका छन् । यसले कांग्रेसका आन्तरिक विवाद उत्कर्षमा पुर्‍याएको छ ।

महासमिति बैठकको समापन गर्दै गत पुष ८ गते सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘हामी मिल्यौं तपाईहरु यही सन्देश लिएर गाउँ जानुहोस’ भन्दै भाषण गरेपछि नेपाली कांग्रेसभित्रको विवाद समाधान भएको प्रचारित भएको थियो ।

संगठनिक समस्या समाधानको विधि निर्माण नभएको, महासमिति बैठक नौं दिन लम्ब्याएर पनि बिना निर्णय केन्द्रीय समितिलाई अधिकार सुम्पिएर सकिएको अवस्थामा नेताहरुले हामी मिल्यौ भन्दैगर्दा पनि कसरी मिलेको त भन्ने प्रश्नको जवाफ भेटिएको थिएन ।

तर, दुई महिना नवित्दै कांग्रेसको विवाद छताछुल्ल भएको छ । कतिसम्म भने सभापति शेरबहादुर देउवा स्वयंले गुट अन्त्य गर्ने भन्दै महामन्त्री शशांक कोइरालासँग हार गुहार गर्न थालेका छन् ।

सभापतिले यशो भनिरहँदा वरिष्ठ नेता रामचन्द्र पौडलले भने सभापति देउवासमक्ष पार्टीमा न्याय निश्पक्षता र पारदर्शीता लागू गर्न सार्वजनिक आह्वान गरिरहेका छन् । उनले सभापतिकै कारण पार्टी समस्यामा रहेको भन्दै थप समस्यामा नलैजान माग समेत गरेका छन् ।

महासमितिबाट हामी मिल्यौ भनेका यी नेताका भनाईले महासमितिपछि कांग्रेसमा गुटबन्दी थप झांगिएको प्रस्ट पारेको छ । बिभिन्न गुटका भेला सार्वजनिक भइरहेका छन् । महासमिति बैठकको सुझावलाई सभापतिले अस्वीकार गरेर विधान संशोधन गरेको विषयलाई असन्तुष्ट पक्षले हतियार बनाएका छन् ।

७७ मध्ये ५६ जिल्ला सभापतिले त विधान महासमितिको सन्देश अनुरुप नबनाए विशेष महाधिवेशनको तयारी लाग्ने चेतावनी दिएका छन् । जिल्ला सभापतिहरुले यस्तो विभाजित भइरहेका वेला केन्द्रीय समितिका सदस्यहरु पनि असन्तुष्ट छन् ।

विशेष महाधिवेशन सम्भव हुने नहुने भन्दा पनि महासमितिको निर्णय केन्द्रीय समितिको बहुमतले उल्टाउन नसक्ने भन्दै त्यसलाई सच्याउन विभिन्न बिधि प्रयोग हुनसक्ने केन्द्रीय सदस्यहरुको भनाई छ ।

केन्द्रीय सदस्य र ७७ मध्ये ५६ सभापतिले विधान पारित गरेको विषयमा विरोध जनाएपनि सभापति देउवा पक्षका जिल्ला सभापतिहरु भने सभापतिको बचाउमै जुटिरहेका छन् ।

हुन पनि पुष ८ मा महासमिति समापन गर्दा अधिकांशबाट आएको ‘केन्द्रीय सदस्यले पनि बुथको चुनावबाटै प्रतिनिधि निर्वाचित भएर आउनुपर्ने, एकपटक भन्दा बढी समावेसी कोटामा चुनाव लड्न नपाउने, केन्द्रीय समितिसहित पार्टीका सबै तहमा पनि त्यही नियम लागू गर्नुपर्ने’ सुझाव सभापति शेरबहादुर देउवाले नैं स्वीकार गरेका थिए ।

त्यसलाई उल्टाएपछि कांग्रेसमा विवाद बढेको हो । लोकतन्त्रमा जति धेरै मानिसहरु निर्णय प्रक्रियामा सहभागि हुन्छन् लोकतन्त्र त्यति नै धेरै बलियो हुन्छ । तर, १८ सय महासमितिको निर्णयलाई केन्द्रीय समितिको पनि बहुमतबाट उल्टाएपछि कांग्रेसमा लोकतन्त्रकै विषयमा बहस सुरु भएको छ । जवाफ आन्तरिक होइन आम मानिसलाई दिनुपर्ने हुँदा कांग्रेस नेतृत्व चुनौतिको भूमरिमा फसेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);