सरकारलाई दिएको समर्थन फिर्ता लिने राजपाको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सरकारलाई दिएको समर्थन फिर्ता लिने राजपाको निर्णय

काठमाडौं, २२ फागुन । राष्ट्रिय जनता पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । राजपा नेपालको अध्यक्ष मण्डलको बुधबार बसेको आकस्मिक बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

 कैलाली हत्याकान्डको घटनाका आरोपित सांसद रेशम चौधरीसहित ११ जनालाई अदालतले जन्मकैदको सजाय दिने फैसला गरेपछि राजपा नेपालको अध्यक्ष मण्डलको बुधबार  आकस्मिक बैठक बसेको थियो । उक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको बैठकपछि जारी भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

राजपाका तर्फबाट कैलाली क्षेत्र नं १ बाट सांसद बनेका रेशम चौधरीलाई जिल्ला अदालत कैलालीले आजिबन काराबासको सजाए सुनाएसँगै राजपाले आकस्मिक बैठक डाकेको थियो । सो बैठकले सरकारलाई समर्थन दिइरहनुको औचित्य नरहेको भन्दै आजैका मितिदेखि समर्थन फिर्ता भएको जनाएको छ ।

यसैबीच राष्ट्रिय जनता पार्टी, नेपालले पार्टीका सांसद रेशमलाल चौंधरीलाई जन्मकैदको सजाय तोक्ने जिल्ला अदालत कैलालीको फैसला मान्य नहुने चेतावनी दिएको छ । राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले जनताको प्रतिनिधिलाई जन्मकैदको सजाय दिने फैसला दिने जिल्ला अदालत, कैलालीको फैसला मान्य नहुने चेतावनी दिएका हुन्।

पार्टीका सांसद चौंधरीलाई जन्मकैदको सजाय दिने अदालतको सो फैसला ‘अन्यायमाथिको पनि अन्याय’ भएको टिप्पणी गर्दै उनले त्यस विरुद्ध मुलुकमा राष्ट्रिय विद्रोह सुरु गर्ने घोषणा पनि गरेका छन्। ‘जनताको प्रतिनिधिमाथि यसरी जन्मकैदको फैसला गर्न मिल्छ ? यो सरासर अन्याय, अत्याचार र अन्यायमाथिको पनि अन्याय भएकाले थारु, जनजाति, मधेशी मिलेर मुलुकमा राष्ट्रिय विद्रोह सुरु हुने’ नेता महतोको दावी छ ।

नेता महतोले पार्टीका सांसद चौंधरी आन्दोलनकारी भएको र उनीमाथि जन्मकैदको फैसला गर्नै अदालतले पुष्पकमल दाहाल, केपी ओली, गिरिजाप्रसाद कोइरालालाई किन जन्मकैदको सजाय नदिएको ? भनि आक्रोश पनि व्यक्त गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);