एमाले स्थायी समितिलाई सुदुर पश्चिमको झड्का, सरकारको समर्थन फिर्ता नलिने निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एमाले स्थायी समितिलाई सुदुर पश्चिमको झड्का, सरकारको समर्थन फिर्ता नलिने निर्णय

pm kp sharma oli

काठमाडौं । केन्द्रमा लगातार राजनीतिक सफलता हासिल गर्दै गएको एमालेलाई सुदुर पश्चिम प्रदेशले झड्का दिएको छ। पार्टी स्थायी समितिको बैठकले दिएको निर्देशन विपरीत प्रदेश संसदीय दलले निर्णय गरेपछि सो पार्टीलाई यस्तो झड्का लागेको हो। नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बुधबार बसेको बैठकले तत्काल सरकारको समर्थन फिर्ता नलिने निर्णय गरेपछि यस्तो अवस्था उत्पन्न भएको हो ।

बुधबार बसेको संसदीय दलको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारको समर्थन कायमै राख्ने निर्णय गरेको हो । कोभिड–१९ महामारी लगायतको अवस्थालाई हेरेर तत्काल समर्थन फिर्ता नलिने र यसबारे सबै दलहरुसँग छलफल गर्ने निर्णय गरेको छ।

नेकपा (एमाले) को स्थायी कमिटीको बैठकले सुदूरपश्चिम प्रदेशको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सो निर्णयपछि सुदूरपश्चिम प्रदेश सभाको एमाले संसदीय दलको बैठक बसेको थियो । स्थायी कमिटीलाई चुनौती दिंदै समर्थन फिर्ता नलिने निर्णय गरेपछि माओवादी नेतृत्वको सुदूरपश्चिम सरकारको संकट टरेको छ ।सुदूरपश्चिम प्रदेशसभामा एमालेका २५ सांसद छन् । बुधबारको बैठकमा २१ जना सहभागी थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);