माओवादी केन्द्र पुनरावलोकनमा जाने, सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नगर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

माओवादी केन्द्र पुनरावलोकनमा जाने, सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नगर्ने

काठमाडौं, १० चैत । नेकपा माओवादी केन्द्रले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलाको पुनरावलोकनका लागि अदालत जाने निर्णय गरेको छ।

मंगलबार बिहान सिंहदरबारमा संसदीय दलको कार्यालयमा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सर्वोच्चको फैसलाको पुनरावलोकनका लागि यही साताभित्र अदालत जाने निर्णय गरेको हो । माओवादी केन्द्रले बैठकमा कानुन व्यवसायीसँग छलफल गरी पुनरावलोकनका लागि अदालत जाने निर्णय गरेको बताइएको छ ।

सर्वोच्च अदालतले गएको फागुन २३ गते नेकपा नाम ऋषि कटेलको भएको निर्णयसँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भई बनेको नेकपा एकता भंगको फैसला गरेको थियो ।

साथै सो बैठकले तत्कालका लागि सरकारलाई दिएको समर्थन फिर्ता नदिने निर्णय पनि गरेको छ । संविधान र लोकतन्त्रको रक्षा गर्न कै लागि भएपनि सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने पार्टीका प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);