माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने

काठमाडौं, १ चैत । नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकले सरकारलाई दिएको समर्थन तत्कालका लागि फिर्ता नलिने निर्णय गरेको छ ।

आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटीको बैठकले माओवादी केन्द्रले तत्कालका लागि सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले बताएका छन् । आइतबार झण्डै ४ घण्टाका लागि बसेको बैठक सोमबार ११ बजे बस्ने गरी सकिएको छ ।

साथै बैठकमा एमाले प्रवेश गरेका माओवादी नेताहरुलाई गरिने कारवाही प्रक्रिया अघि बढाउने कुनै निर्णय नगरेको पनि श्रेष्ठले जानकारी दिए । गृहमन्त्री रामबहादुर थापा सहित माओवादीका २३ नेताहरुलाई शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको केन्द्रीय सदस्य बनाएका थिए ।

सोपछि शनिबार बसेको माओवादी केन्द्रको बैठकले एमालेमा लागेका २३ नेताहरुलाई २४ घण्टाभित्र आफ्नो स्थितिबारे स्पष्ट पार्न पत्र पठाएको थियो ।

आजको बैठकले पार्टी संगठन विस्तार गर्ने निर्णय गरेको बताइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);