सडक निर्माणमा प्राविधिक त्रुटी नर्गन प्रधानमन्त्री ओलीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सडक निर्माणमा प्राविधिक त्रुटी नर्गन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं, १ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सडक निर्माणमा प्राविधिक त्रुटी नगर्न निर्देशन दिएका छन् ।

आइतबार प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सडक निर्माणमा भएका प्राविधिक त्रुटीका कारण दुर्घटना निम्तिने भएकाले सडक निर्माणमा प्राविधिक त्रुटी नगर्न निर्देशन दिएका हुन् ।

जनताको जीवन रक्षा महत्वपूर्ण भएकोले सवारी साधन र यात्रुहरुको सुरक्षाको प्रत्याभुति हुनेगरी सडक निर्माण गर्न पनि निर्देशन दिएका छन्। उनले दुर्गम ठाउँहरुमा पनि सुरक्षित पक्की सडक बन्नुपर्ने र अब निर्माण हुने सडकहरु कच्चा र असुरक्षित हुनु नहुने तर्फ ध्यानाकर्षण गराए ।

उनले भने – ‘दुर्गम क्षेत्रहरुलाई पनि पक्की बाटाहरु, पक्की भन्नाले कालोपत्रे मात्र होइन । त्यसको किनारमा पक्की हुनुपर्छ । त्यसको भित्तातिर पक्की हुनुपर्छ । पहिरोबाट सुरक्षित हुनुपर्छ । किनारबाट गाडी नखसोस् । त्यस प्रकारको डिफेन्स वालहरुसहित, पिल्लरहरु सहित राखिएका सडकहरु । अब बन्ने सडकहरु कच्चा अथवा असुरक्षित सडकहरु हुनुहुँदैन ।’

प्रधानमन्त्री ओलीले पक्की सडक भएको ठाउँमा पनि स्तरोन्नति तथा सुधारको काम गर्नुपर्ने बताए । सडक दुर्घटनालाई रोक्न ट्राफिक अनुशासनको कार्यान्वयन तथा अनुगमन गर्नुपर्ने उनको भनाई छ । पक्की सडक निर्माणमा कालोपत्रे गरेर मात्रै नहुने भन्दै उनले कस्तो स्तरको सडक बन्दै छ त्यसतर्फ पनि ध्यान दिनुपर्ने बताए ।

आइतबार प्रधानमन्त्री ओलीले दुई सय ८३ स्थानीय तहका केन्द्रलाई राष्ट्रिय सडक सञ्जाल वा प्रदेश राजधानीसँग जोडिने गरी प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमको शुभारम्भ गरे ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);